Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

‘प्रकाश’को ‘जोर मैना’ गीत रिलिज, प्रदीप र रेणुको प्रेममा वर्गिय विभेद

फिल्मीखबर, काठमाडौं, 2022/06/30
Pradeep Khadka
 
फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । गायन, संगीत र शब्दको उत्कृष्ट संयोजनले गीत कर्णप्रिय बनेको छ । गीतका शब्दहरु अत्यन्त मनछुने छन् । 
 
जुम्लाको परिवेशमा छायांकन भएको फिल्मको गीतमा मुख्य दुई पात्र (प्रदीप खड्का र रेणु योगी) बीचको प्रेम र वर्गिय विभेदले उत्पन्न परिस्थितिलाई देखाइएको छ । प्रदीप र रेणु जुम्लेली चरित्रमा फिट देखिएका छन् । उनीहरुको लुक्सले गीत हेरुन्जेल आँखा हट्न दिँदैन । निर्देशक दिनेश राउतले गीतले फिल्मको कथा बोलेको बताए । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
 
भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।