Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क-कसले पाए विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र ?

फिल्मीखबर, काठमाडौं, 2022/06/30
फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले ६२ जना फिल्मकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डको २२औं वार्षिकत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्मकर्मीहरुलाई परिचयपत्र वितरण गरेका हुन् । यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो ।
 
bhuwan kc
 
दोस्रो चरणमा परिचयपत्र प्राप्त गर्नेहरुमा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्जवल घिमिरे, डा. भोला प्रसाद रिजाल, पवन मैनाली, किरण के.सी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धिरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिष शाह, हिमाल केसी लगायत छन् ।
 
यसअघि बोर्डले नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मा, सकुन्तला गुरुङ, उद्धव पौडेल, राजेश हमाल लगायतलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको थियो । यो परिचयपत्र पाउने ४० फिल्मकर्मीहरुमध्ये चार जनाको निधन भइसकेको छ ।
 
bhola rijal
 
चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धि कार्यविधि २०७२ अनुसार कलाकर्ममार्फत् राष्ट्रको योगदानको कदर स्वरूप चलचित्रकर्मी परिचयपत्र प्रदान गर्ने उल्लेख छ । कार्यविधिमा विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन श्रेणीमा परिचयपत्रलाई वर्णीकरण गरिएको छ । विशिष्ट श्रेणीको परिचयपत्र पाउने फिल्मकर्मीलाई राज्यले विभिन्न सुविधाहरु प्रदान गर्नेछ ।
 
विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेहरुको सूचि :-
 
१. चैत्यदेवी सिंह
२. मोहनलाल सराफ
३. गौरी शंकर धुजु श्रेष्ठ 
४. नरेन्द्र बहादुर खड्का क्षेत्री (नरेन्द्र खड्का)
५. अर्जुन जंग शाही 
६. रवि प्रसाद गिरी (रवि गिरी) 
७. सानु कुमार ताम्राकार
८. ऋद्धिचरण श्रेष्ठ 
९. राजाराम पौडेल 
१०. सन्तोष पन्त 
 
santos panta
 
११. मन्दिल श्रेष्ठ 
१२. उज्जवल प्रसाद घिमिरे 
१३. पवन प्रसाद मैनाली 
१४. भुवन के.सी. 
१५. सुन्दरलाल श्रेष्ठ 
१६. शिव ढकाल
१७. विरेन्द्र नारायण श्रेष्ठ 
१८. किरण कुमार के.सी.
१९. जुजुभाई महर्जन (जय श्रेष्ठ) 
२०. देशभक्त खनाल
२१. मदन घिमिरे निर्देशक
२२. प्रकाश चन्द्र सुबेदी चलचित्र पत्रकारिता
२३. एन.बी.महर्जन
२४. उत्तम के.सी. 
२५. अर्जुन श्रेष्ठ 
२६. गोपालकाजी कायस्थ 
२७. राजेन्द्र शर्मा शलभ
२८. दिनेशराज दहाल (डि.सी.) 
२९. धिरन शाक्य (धिरेन शाक्य) 
३०. रुद्र प्रसाद पन्त (आर.पी. पन्त) 
३१. हिमाल बहादुर के.सी. 
३२. सुशील पोखरेल 
३३. डा. भोला प्रसाद रिजाल 
३४. दयाराम दाहाल 
३५. बनिष विक्रम शाह 
३६. नरेन्द्र महर्जन
३७. माधव प्रसाद थपलिया 
३८. लक्ष्मणविक्रम बस्नेत 
३९. कुल बहादुर महत
४०. उद्धवराज भट्टराई 
 
kiran kc
 
४१. कमल कान्त सेढाई
४२. ज्योती लाल राना
४३. मनोज कुमार आचार्य 
४४. मुकुन्द किशोर भट्टराई 
४५ किशोर कुमार ढकाल 
४६. नारायण प्रधान 
४७. उत्तम द्वा 
४८. शिवहरी नेपाल “वैरागी” 
४९. चिरञ्जीवी बस्नेत 
५०. दिर्घ वीर गुरुङ 
५१. लव वैष्णव (शर्मा) 
५२. मनोज कुमार के.सी. 
५३. केशव प्रसाद पण्डित “शुरवीर” 
५४. रिता राना (रितु) 
५५ सपना श्रेष्ठ 
५६. प्रदिपलाल श्रेष्ठ 
५७. रामकाजी घिमिरे 
५८. विकास राज आचार्य 
५९. विजय देउजा 
६०. ज्ञानेन्द्र बहादुर देउजा (ज्ञानेन्द्र देउजा)
६१. मदनमान पति बज्राचार्य
६२. राजकुमार पोखरेल 

तस्विर : स्माइल