Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डुब्ने बाटोमा ‘जुग जुग जियो’

फिल्मीखबर, काठमाडौं, 2022/06/30
Jug Jugg Jeeyo Trailer Review - Rediff.com movies
 
साउथ फिल्मको दबदबा बढेसँगै घरेलू बजारमै बलिउड फिल्महरु टाँट पल्टिन थालेका छन् । साउथको ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’पछि प्रदर्शनमा आएका ‘भूल भूलैयाँ २’ बाहेक ठूला स्टारका कयौं आशातित बलिउड फिल्मले लगानी समेत उठाउन सकेनन् । यसैक्रममा, बलिउडको अर्को ठूलो फिल्म ‘जुग जुग जियो’ पनि बक्सअफिसमा डुब्ने लगभग निश्चित झैं देखिएको छ । 
 
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले विकेन्डमा (तीन दिन) राम्रो कमाई गरेको थियो । ९ करोड २८ लाखको ओपनिङ गरेको फिल्मले दोस्रो दिन १२ करोड ५५ लाख र तेस्रो दिन १५ करोड १० लाख कमायो । चौंथो दिनबाट फिल्मको व्यापार खस्किएको छ । चौंथो दिन फिल्मले ४ करोड ८२ लाख, पाँचौं दिन ४ करोड ५२ लाख र छैटौं दिन ३ करोड ९७ लाखको मात्र कमाई गरेको छ ।
 
फिल्मले छैटौं दिनसम्म ५० करोड २४ लाखको व्यापार गरेको छ । अनिल कपूर, नितु कपुर, बरुण धवन र कियारा आडवाणीको अभिनय रहेको फिल्मको यो व्यापारिक आँकडालाई कमजोर मानिएको छ । चौंथो दिनबाट व्यापारमा ठूलो गिरावट आइरहेकाले फिल्मको लाइफटाइम कलेक्सन ७० करोड पनि नकट्ने देखिन्छ । यो फिल्मको व्यापारले बलिउडलाई ठूलो झट्का दिएको छ ।
 
नेपालमा समेत खासै नचलेको ‘जुग जुग जियो’लाई बलिउडको ठूलो कम्पनी धर्मा प्रोडक्सन (निर्देशक तथा निर्माता करण जोहरको कम्पनी) ले निर्माण गरेको हो । कुनै बेला यो कम्पनीका फिल्मलाई प्रदर्शन अगावै ‘स्योर सट’ हिट मानिन्थ्यो । तर, केही वर्षयता करणले ठूलो लगानीमा बनाएका फिल्महरु लगातार पछारिरहेका छन् । ‘जुग जुग जियो’लाई राज मेहताले निर्देशन गरेका हुन् ।