Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षा र नरेनको ‘बुलाकी’ कात्तिक १८ मा

फिल्मीखबर, काठमाडौं, 2022/06/29
May be an image of 2 people, beard and text
 
जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति तोकिएको छ । असार १५ अर्थात् रोपाई दिवसको अवसर पारेर बुधवार एक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख तीन पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई कर्णाली लुक्समा देख्न सकिन्छ । 
 
लक्ष्मण सुनारको निर्देशन तयार भएको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो । फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्रीलगायतका कलाकारहरुको पनि महत्त्वपूर्ण भूमिका छ । 
 
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको फिल्मलाई काठमाडौंभित्र बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।