Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ केकी र आँचलको ‘झिँगेदाउ’को टाइटल टिजर

फिल्मीखबर, काठमाडौं, 2022/06/29
Keki Adhikari, Aanchal Sharma, Mukunda Bhusal
 
पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । असार १५ दही चिउरा खाने दिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरबाट फिल्मको कथासार बुझाउन खोजिएको छ । ३० सेकेन्डको टिजरमा सिक्कामाथि झिँगा र पृष्ठभूमिमा फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीले खुशी स्वरमा ‘मार्रा’ भनेको सुन्न सकिन्छ ।
 
निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन टिजर सार्वजनिक गरेको जानकारी दिए । आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब पूर्ण रुपमा प्रचार-प्रसारमा केन्द्रित हुने उनले बताए । केही दिनमा फिल्ममा समावेश ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
 
केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको अभिनय रहेको फिल्म कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको हो । कवि तथा लेखन भिमनिधि तिवारीद्वारा लिखित चर्चित कथा ‘झिँगेदाउ’मा आधारित भएर बनेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा/संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।
 
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् । फिल्ममा केकी र आँचलले जेठानी-देवरानीको भूमिकामा अभिनय गरेका छन् । उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गरेका हुन् । आगामी भदौ १७ मा ‘झिँगेदाउ’को भिडन्त अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’सँग हुँदैछ ।