Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हनी बनी’ छाडेका अनमोल ‘छड्के २’मा भित्रिए

फिल्मीखबर, काठमाडौं, 2022/06/29
anmol kc in chhadke
 
साइन गरेको फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि देखिएका अनमोल केसीले गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि नयाँ फिल्म साइन गरेका थिएनन् । छोरा खाली भएपछि भुवन केसी फिल्म ‘पारस’ बनाउन कस्सिए । तर, अनमोलले फेरि एकपटक घरको फिल्मलाई थाती राख्दै बाहिरी ब्यानरको एक नयाँ फिल्म साइन गरेका छन् । उनले फिल्म ‘छड्के २’ साइन गरेका हुन् ।
 
अनमोलले दुई हप्ता अगाडि नै फिल्म साइन गरेको निर्देशक निगम श्रेष्ठले मिडियाहरुलाई जानकारी दिएका छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । तर, त्यसबेला यो फिल्म बक्सअफिसमा फ्लप भएको थियो । अनमोलले पहिलो पटक फ्लप फिल्मको सिरिजमा हात हालेका हुन् । फिल्ममा उनीबाहेक अरु कलाकारको टुंगो लागेको छैन । 
 
निर्देशक श्रेष्ठले ‘छड्के २’, ‘छड्के’को सिक्वेल नभएको प्रस्ट्याएका छन् । फिल्मलाई सिरिजको रुपमा बनाउन लागेको उनको भनाई छ । फिल्ममा अघिल्लो श्रृंखलाका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र नम्रता श्रेष्ठमध्ये कोही दोहोरिने छैनन् । निर्माण टिमले विपिनलाई दोहोर्‍याउन खोजे पनि उनले अनमोल बराबर पारिश्रमिक माग गरेपछि सहमति जुट्न सकेन ।
 
‘छड्के २’को सन् २०२० को दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, प्रि-प्रोडक्सनको काम चलिरहेको समयमा कोरोना महामारी फैलिएपछि फिल्मको काम रोकिएको थियो । अहिले निर्माण टिम साउन अन्तिमदेखि छायांकनमा निस्कने गरी कलाकार छनोट प्रक्रियामा जुटेको छ । ग्याङस्टार र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको चितवन र मनाङमा छायांकन हुनेछ ।