Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्ममा असफल परमिता अब अनलाइन व्यवसायमा

फिल्मीखबर, काठमाडौं, 2022/06/28
paramita rana
 
कोरोना महामारीपछि फिल्ममा आफूलाई सीमित राखेका कलाकारहरुले वैकल्पिक पेशाको रुपमा विभिन्न व्यवसाय सुरु गरिरहेका छन् । यसैक्रममा, बोल्ड अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले पनि अनलाइन व्यवसायमा हात हालेकी छन् । उनले मंगलवारबाट आफ्नो अनलाइन दोकान खोलेकी हुन् । उनले अनलाइनबाट सामान विक्री गरिने व्यवसायको नाम ‘पाम्स् थ्रिफ्ट’ राखेकी छन् । 
 
उनले इन्स्टाग्राममा एक पेज बनाएर आफ्नो व्यवसायको प्रचार गरिरहेकी छन् । उनले सुरु गरेको अनलाइन पसलमा महिलाले शिरदेखि पाउसम्म लगाउने सम्पूर्ण सामानहरु राखिएको छ । परमिताले ‘पाम्स् थ्रिफ्ट’को इन्स्टाग्राम पेजमा चश्मा, हिल्स्, स्पोर्टस् वयेर, पाइन्ट, न्याकलेस, हेयर क्लिप, इयरिङ, स्विमिङ वयेर, विकिनी, ब्रासलेट लगायतको मूल्यसहित तस्विर पोस्ट गरेकी छन् ।
 
फिल्म ‘चपली हाइट २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी परमिताको फिल्मी करिअर सुखद् छैन । ‘रोज’, ‘चंगा चेट’, ‘द कर्मा’ जस्ता फिल्ममा अभिनय गरे पनि उनका लागि सफलता आकाशको फल झैं बनेको छ । विगत २-३ वर्षयता उनको हातमा फिल्म छैन । कोरोना महामारीको समयमा उनले बलिउड फिल्म ‘उचाईं’मा एक भारतीय अभिनेत्रीको डमी बनेर अभिनय गरेकी थिइन् ।
 
paramita rana
 
कोरोना महामारीभन्दा अगाडि उनले तेलुगू अभिनेता गोपीचन्दसँग फिल्ममा काम गर्न लागेको जानकारी प्राप्त भएको थियो । उनी फिल्मको मुहूर्तमा समेत उपस्थिति भएका थिइन् । तर, त्यो फिल्म मुहूर्तभन्दा अगाडि बढ्न सकेन । परमिताले आफ्नै आवाजमा केही गीत समेत निकालेकी छन् तर कुनैले सफलता पाएका छैनन् । अब उनलाई व्यवसाय कति फाप्ला, त्यो भने हेर्न बाँकी छ ।