
लिम्बु भाषा र संस्कृतिमा आधारित भएर निर्माण भएको फिल्म ‘रीत’को छायांकन सकिएको छ । शनिवार देशको संघीय राजधानी काठमाडौंमा फिल्मको अन्तिम दृश्य कैद गरियो । दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई देखाइएको छ । फिल्मलाई काठमाडौंसँगै ताप्लेजुङको सिनाम, पाँचथर र इलाममा खिचिएको हो ।
फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको फिल्मको इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए । फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पुर्ण सेलिङ, दिनेश माङमुलगायतको अभिनय रहेको छ ।
होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता, वसन्त थेवे सह-निर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायांकन छ । सागर केरुङको कथा तथा भाषा अनुवाद रहेको फिल्म तिहारमा प्रदर्शन हुँदैछ ।

