Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

आयो रणबीरको ‘शमशेरा’ ट्रेलर

एजेन्सी, मुम्बई, 2022/06/24
Ranbir Kapoor
 
बलिउडको प्रतिक्षीत फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । रणबीर कपूर, वाणी कपूर र सञ्जय दत्तको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर जबर्जस्त बनेको छ । ट्रेलरमा रणबीरको भिन्न लुक्स र अभिनय बलुन्द छ । उनी चोरको चरित्रमा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र अभिनयले ‘केजीएफ २’को अधीरा चरित्र विर्साउँछ । 
 
भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणबीरको एक्सन सिक्वेन्स आकर्षक छ । ट्रेलरमा वाणी कपूरलाई नृत्यांगनाको रुपमा प्रस्तुत गरिएको छ । रणवीरसँग उनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । उनीहरुले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेका हुन् । फिल्म १८ सयको दशकमा आफ्नो अधिकार र अंग्रेजसँग स्वतन्त्रको लडाईं लड्ने जनजाती चोरको कथा हो । 
 
लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । उनीसँग ‘अग्निपथ’, ‘ब्रदर्स’ जस्ता फिल्म निर्देशन गरेको अनुभव छ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आशुतोष राणा, सौरभ शुक्ला, रोनित रोय र त्रिधा चौधरीको पनि मुख्य भूमिका छ । २२ जुलाईमा प्रदर्शनमा आउने फिल्मको ट्रेलरलाई दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।