Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सगरमाथा आरोहणपछि यस्तो थियो दीयाको अवस्था

फिल्मीखबर, काठमाडौं, 2022/06/23
May be a closeup of 1 person
 
अभिनेत्री दीया पुनले गत जेठ १३ गते संसारकै अग्लो शिखर सगरमाथाको आरोहण गरिन् । निर्मल पूर्जाको टोलीसँग सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेकी उनले करीब ४० लाख व्यक्तिगत खर्चमा सगरमाथा चढेकी हुन् । उनी सगरमाथा आरोहण गर्नुको उद्देश्य तीनवटा सामाजिक संस्थाको च्यारिटीका लागि थियो । सगरमाथाको चुचुरोमा उनले राष्ट्रिय झन्डा फहराएकी थिइन् ।
 
दीयाले बिहीवार सामाजिक सञ्जालमा सगरमाथा आरोहणपछिको आफ्नो एक तस्विर पोस्ट गरेकी छन्, जसमा उनको अनुहार पूरै सुनिएको छ भने गाला र आँखा सुख्खा र राता छन् । उनको निधारमा विविरा पनि देखिएको छ । उनले सगरमाथा आरोहण गर्ने क्रममा निन्द्राको कमी, डिहाइड्रेशन (पानीको कमी), हावा र घामको सम्पर्कका कारण यो अवस्था भएको उल्लेख गरेकी छन् । 
 
दीया पुनले फेसबुकमा लेखेकी छन्, ‘अनुहार राम्रोसँग ढाक्नको लागि क्याम्प २ मा जान मैले पहिलो रोटेशनबाट सिकें । तर, जब तपाईं थकित हुनुहुन्छ भने तपाईंले सोच्नु भएको चीजले तपाईंको छालालाई चरम अवस्थाबाट बचाउँछ । मैले कपाल अन्तिम पटक नुहाएको दिन विर्सिएँ । तर, यी सबै कठिनाइसँग, यदी तपाईंले मेरो आँखामा हेर्नुभयो भने पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’
 
बेलायतको एक अस्पतालमा नर्सको रुपमा कार्यरत अभिनेत्री पुन गत चैतमा सगरमाथा आरोहण गर्नका लागि नेपाल आएकी थिइन् । सगरमाथा आरोहण गर्ने तयारी गरिरहँदा उनी अभिनीत फिल्म ‘मन्त्र’ प्रदर्शन भएको थिए । सगरमाथा आरोहण गरेर फर्किएपछि उनले नयाँ फिल्म ‘अन्तिम संस्कार’ साइन गरेकी थिइन् । उनले फिल्म ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।