असार २४ गते रिलीज हुने नेपाली फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।
अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ शसस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको छ । राजन कठेतले लेखेका यस फिल्ममा दिया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
टिजर:

