चलचित्र निर्देशक नारायण पुरी पुन: नेपाली फिल्म क्षेत्रमा सक्रिय हुने योजना बनाएका छन् । लामो समय अमेरिका बसेका पुरीले एक फिल्म निर्देशन गर्दै पुनरागमन गर्ने लागेको बताईएको छ ।
मिडिया रिपोर्टका अनुसार पुरीले विमान क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘बारुदमाथि’मा आधारित रहि फिल्म बनाउनेछन् । यस पुस्तकमा थापाले सशस्त्र द्वन्द्वको समयमा आफुले उडान भर्दाका अनुभवलाई लेखेका छन् ।

पुरीको पछिल्लो फिल्म ‘अल्पविराम’ सन् २०१० मा रिलीज भएको थियो । अभिनेता राजेश हमाललाई ‘शंकर’को नामबाट पहिचान दिलाउने मूख्य श्रेय पुरीलाई दिने गरिएको छ । त्यस्तै, पुरीले निर्देशन गरेको ‘आगो’ नामक फिल्म र तत्कालिन सरकारको टकराव पनि सम्झनयोग्य छ ।

