Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘द सिक्रेट अफ राधा’को पोस्टरमा सौगात ड्राइभर, दयाहाङ डिएसपी

फिल्मीखबर, काठमाडौं, 2022/06/21
movie radha poster
 
आगामी भदौ १० गतेलाई प्रदर्शन मिति तोकिएको सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ । सौगात ड्राइभर र दयाहाङ डिएसपीको चरित्रमा प्रस्तुत छन् ।
 
त्यस्तै, दोस्रो पोस्टरमा सृष्टि श्रेष्ठ मात्र फिचर छिन् । एक सार्वजनिक गाडीमा सवार उनी निराश मुद्रामा देखिएकी छन् । फिल्ममा पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्ममा बरिष्ठ रंगकर्मी सुनिल पोखरेलको ‘गेस्ट अपिरियन्स’ छ । फिल्मलाई सुवर्ण थापासँग मिलेर अभिनेता सौगात मल्लले निर्माण गरेका हुन् । 
 
movie radha poster
 
फिल्ममा निर्देशक थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत छ । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुतिमा मन प्रोडक्सनको एसोसिएन निर्माण तथा विरजना इन्टरटेनमेन्ट र विक्रमदास जोशी सह-निर्माता रहेको यो फिल्म सुवर्णले आमाको सम्झनामा बनाएका हुन् ।