Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

अभिनेत्री सुनिशाले गरिन् राजसँग बिहे

फिल्मीखबर, काठमाडौं, 2022/06/21
sunisha bajgai and raj acharya
 
अभिनेत्री तथा मोडल सुनिशा बजगाईंले कलाकार समेत रहेका प्रेमी राज आचार्यसँग विवाह गरेकी छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो । उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो । राजसँग सुनिशा विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । 
 
उनीहरुको विवाह समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए । राजले बाल्यावस्थामा चर्चित हाँस्य टेलिभिजन सिरियल ‘तीतो सत्य’मा अभिनय गरेका थिए । त्यसबेलादेखि उनी बाल्यकालदेखि नै दीपक-दीपा र निर्मलसँग नजिक थिए । राज, चर्चित हाँस्य कलाकार शंकर आचार्यका छोरा हुन् । उनले चार्टर्ड अकाउन्टेन्ट (सिए) को पढाइ गरेका छन् ।
 
सुनिशाले म्यूजिक भिडियोसँगै दुई सफल फिल्म ‘प्रसाद’ र ‘इन्टु मिन्टु लण्डनमा’मा सहायक अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् । टिकटकबाट चर्चामा आएकी उनले राज आचार्यसँग केही म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् । यो जोडीले बुधवार रिसेप्सन पार्टीको आयोजना गरेको जानकारी प्राप्त छ । विवाहभन्दा अगाडि उनीहरुले एकसाथ ब्याचलर पार्टी मनाएका थिए ।