Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि निर्माण हुने फिल्मलाई अनुदान दिने

फिल्मीखबर, काठमाण्डौ, 2022/06/20
balen shah
 
देशका ठूला राजनीतिक दलका उम्मेदवारलाई हराउँदै स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा निर्वाचित भएका र्‍यापर बालेन्द्र शाह (बालेन) ले आइतवार राष्ट्रिय सभागृहमा ११औं नगरसभा अधिवेशनमा आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले चुनावी मैदानमा होमिँदै गर्दा आफूले गरेका वाचाहरुलाई नीति तथा कार्यक्रममा समेटेका छन् ।
 
मेयर पदमा उम्मेदवारी घोषणा गर्दा उनले फिल्म तथा नाटकको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने बताएका थिए । त्यसअनुरुप उनले नीति तथा कार्यक्रममा महानगरको संस्कृति, सम्पदा, सभ्यता तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण हुने फिल्म, नाटकजस्ता विधामा निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गर्ने घोषणा गरेका छन् । उनको यो घोषणालाई फिल्मकर्मीले स्वागत गरेका छन् । 
 
बालेनले मेयर पदमा निर्वाचित हुँदै गर्दा एक कार्यक्रममा कोरोना महामारीले प्रभावित फिल्म क्षेत्रलाई राहत दिन नेपाली फिल्मलाई लगाउँदै आएको २ प्रतिशत स्थानीय कर मिनाहा गर्न प्रयास गर्ने बताएका थिए । साथै, नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने समेत उनको उद्घोष थियो । तर, यी कुरालाई भने उनले आफ्नो कार्यकालको नीति तथा कार्यक्रममा समेटेका छैनन् ।