नेपालमा गत फागुन १३ गते रिलीज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियाको सिड्नीमा रिलीज हुने भएको छ । आगामी जुलाई ९ तारिखको दिन सिभिक थियटरमा यो फिल्म देखाईने अष्ट्रेलियाको इभेन्ट म्यानेजमेन्ट कम्पनि कलर्स अफ नेपालका बिक्रम पौडेलले बताए । अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्म वितरण गर्दै आएको कम्पनी नेपसिने र कलर्स अफ नेपालको सहकार्यमा सिड्नीमा रिलीज हुन लागेको नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले बताए । नेपसिनेले नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा यो फिल्म को प्रदर्शन अधिकार लिएको छ ।
.jpg)
सिड्नीमा अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाका साथै वितरक विधान कार्की र दिपेन्द्र कार्की पनि सहभागि हुने बताईएको छ । यो फिल्म को सहकार्यसँगै नेपसिने र कलर्स अफ नेपालबीच अष्ट्रेलियामा अन्य विभिन्न कार्यक्रमहरु एकसाथ गर्ने सहमति भएको पनि पौडेलले जनाए । सिड्नी प्रदर्शन अगावै यो फिल्म को अष्ट्रेलियाको मेलवर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ । फिल्म लाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र फिल्म को निर्माण टिमसँग सम्पर्क गर्न सकिने कार्कीको भनाई छ ।
सांगीतिक लभ स्टोरी कथामा बनेको यो फिल्म मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा फिल्म का निर्माता तथा निर्देशक हुन् । जन्म जय साम्पाङ राई सह निर्माता रहेको यस फिल्म मा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

