Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी मापदण्ड तोक्दै बोर्ड अध्यक्षका लागि आवेदन खुल्यो

फिल्मीखबर, काठमाडौं, 2022/06/19
चलचित्र विकास बोर्डले माग्यो छात्रवृत्तिका लागि आवेदन
 
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले आइतवार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै अबको १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको हो । अध्यक्ष पदमा आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेको छ । 
 
दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्र्वद्धन तथा प्रर्वद्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
 
दयाराम दाहालको २ वर्षे कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ । सत्तामा रहेको राजनीतिक दलको कार्यकर्ता भर्ती गर्ने केन्द्रमा रुपमा बोर्ड प्रयोग हुँदै आएको छ । मन्त्रालयले औपचारिकता पूरा गर्नका लागि मात्र सूचना निकाल्ने गरेको छ । यसपटक कांग्रेसको तर्फबाट सूचनामन्त्री भएकाले कांग्रेस निकट फिल्मकर्मीहरु महिनौंदेखि मन्त्रालय धाइरहेका छन् । 
 
 
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर पनि केही फिल्मकर्मीले बोर्ड अध्यक्षको कुर्सी मागेको जानकारीमा छ । बोर्ड अध्यक्ष नियुक्त गर्न प्रधानमन्त्री र सूचनामन्त्रीको भूमिका महत्त्वपूर्ण हुन्छ । अहिले सम्झना रौनियार उप्रेती, भुवन केसी, मनिष पण्डित, नारायण पुरी, नरेश पौडेललगायत बोर्ड अध्यक्षका लागि राजनीतिक लबिङ गरिरहेका छन् ।