Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुदर्शन थापालाई प्रश्न- ‘बाहिरी ब्यानर नफापेको हो ?’

फिल्मीखबर, काठमाडौं, 2022/06/18
फिल्म क्षेत्रमा सुदर्शन थापाले आफ्नो बेग्लै स्थान बनाएका छन् । लभस्टोरी फिल्म निर्देशकको सूचीमा उनको नाम अग्र स्थानमा आउँछ । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो उम्दा फिल्म दिएका उनले विगत केही वर्षयता होम प्रोडक्सनबाट फिल्म निर्माण गर्दै आएका छन् । उनले आफ्नै पैसा हालेर बनाएका ‘म यस्तो गीत गाउँछु’को दुई सिरिज र ‘रामकहानी’ सफल ठहरिएका थिए ।
 
सुदर्शनले बाहिरी ब्यानरको फिल्म पनि थुप्रै गरेका छन् । त्यसमध्ये केही सफल पनि छन् । तर, एउटा वा दुईटा फिल्ममा सहकार्य भएपछि उनको निर्मातासँग मनमुटावको खबर छताछुल्ल हुने गर्छ । फिल्म ‘प्रेमगीत’पछि उनको निर्माता सन्तोष सेनसँग पानी बाराबारकै स्थिति थियो । उनीहरु एकअर्काको नाम समेत सुन्न चाहँदैन थिए । अचेल भने उनीहरुको सम्बन्ध केही सुध्रिएको छ ।
 
sudarshan thapa
 
सुदर्शन थापाले लामो समयपछि निर्देशन गरेको घर बाहिरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । एवि इन्टरनेशलको ब्यानरमा बनेको यो फिल्मको प्रदर्शन मिति विभिन्न पटक घोषणा गरेर सरेको थियो । यसको प्रमुख कारण निर्माता र निर्देशकबीचको मनमुटावलाई मानिएको छ । साधारण कुरामा समेत उनीहरुबीच ठूलो भनाभन भएको चर्चा छ ।
 
शुक्रवार एक कार्यक्रममा पत्रकारले ‘तपाईंलाई बाहिरी ब्यानर नफापेको हो ? किन सधैं निर्मातासँग खटपटको खबर आउँछ ?’ भनेर सोधेको प्रश्नमा सुदर्शनले भने, ‘बाहिरी ब्यानर नफापेको होइन । मेरो पहिलो फिल्म नै बाहिरी ब्यानरको थियो । अनि अर्को कुरा फिल्ममा सानोतिनो खटपट त हुन्छ । यो सामान्य कुरा हो । त्यसलाई बाहिर चाहिँ कसरी ल्याइन्छ भन्ने कुरा मात्र फरक हो ।’ 
 
निर्मातासँग सरसल्लाह गरेर नै ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरेको उनले स्पष्ट पारे । फिल्मलाई आफूले देखेको ठाउँसम्म पुर्‍याउन कुनै कसर नछाड्ने भएकाले त्यसमा कम्प्रमाइज गरे टिमसँग आफ्नो खटपट हुने उनको स्वीकारोक्ति छ । निर्मातालाई गीत वा प्रिमियरमा फिल्म हेर्दा रिग्रेट नहोस् भनेर आफूले पहिल्यै सम्झाउने गरेको पनि निर्देशक थापाले बताए ।