Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सम्हालिन्छ कहिले मन’ गीत : अडियो र छायांकन अब्बल

फिल्मीखबर, काठमाडौं, 2022/06/17
Pooja Sharma, Sonam Thopden
 
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई स्थापित गरेका सुदर्शन थापा निर्देशित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ । गीतको अडियो पक्ष अब्बल छ । 
 
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् । दुबईमा खिचिएको गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । भिडियोमा सौरभ लामाको छायांकन प्रशंसायोग्य छ । भिडियोमा आकाशमा उड्ने प्लेनदेखि पानीमा चल्ने जहाजसम्म र सडकमा कुद्ने कारदेखि मरुभूमिमा हिँड्ने उटसम्म प्रयोग गरिएको छ ।
 
भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा पूजा र सोनमसँगै आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मका अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्मका लागि उनलाई पूजा शर्माले खोजेकी र रोजेकी हुन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । 
 
अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । गीत सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले आफूले राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।