Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा, अपेक्षा उच्च

फिल्मीखबर, काठमाडौं, 2022/06/17
swostima khadka
 
समाजभित्रको कथालाई जीवन्त र सजीव रुपमा प्रस्तुत गर्ने निर्देशकको रुपमा चिनिएका दीपन्द्र के. खनाल निर्देशित नयाँ फिल्म ‘चिसो मान्छे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई मल्टीप्लेक्समा सुखद् शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ । पोस्टर, टिजर, ट्रेलर र गीतबाट ठूलो आश जगाएको यो फिल्म कछुवाको गतिमा चल्ने धेरैको विश्लेषण छ ।
 
यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म पस्किसकेका दीपेन्द्रको सन्तान भएकाले ‘चिसो मान्छे’प्रति अपेक्षा उच्च छ । यसपटक उनलाई न औसत हुन अनुमति छ न गल्ती गर्ने छुट छ । यसैले यो फिल्म उनका लागि अग्नीपरीक्षा पनि हो । त्यसमाथि ‘बुलबुल’बाट अभिनयको स्तर बढाएकी स्वस्तिमा खड्काको मुख्य भूमिका रहेकाले ‘चिसो मान्छे’प्रति अपेक्षाको चाङ ठूलो छ ।
 
विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा स्वस्तिमा खड्काले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । ‘इनिसियल फेज’मा दर्शकलाई हलसम्म तान्न उनको बाजुराली लवज, लुक्स र गेटअप प्रमुख अस्त्र बन्न सक्ने सम्भावना दह्रो छ ।
 
डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।