Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निहारिकालाई करिश्माको आग्रह- ‘बच्चा लिएर घर आऊ, म छु’

फिल्मीखबर, काठमाडौं, 2022/06/16
karishma manandhar
 
अभिनेत्री करिश्मा मानन्धरले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशनरत जलेश्वर नगरपालिका–८ की निहारिका राजपुत र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई कारवाहीको माग गर्दै चार दिनदेखि अनशनरत निहारिकालाई छोरा लिएर आफ्नो घरमा आउन करिश्माको आग्रह छ । 
 
उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाई बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’ करिश्माले निहारिका र उनको २१ महिना बच्चालाई आफ्नो घरमा ल्याउनका लागि सहजीकरण गरिदिन नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई आग्रह गरेको बुझिएको छ ।
 
निहारिकाले घटना भएको चार महिनापछि शिवराज श्रेष्ठविरुद्व जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । तर, जिल्ला अदालत धनुषाले श्रेष्ठलाई क्लिनचीट दियो । यसपछि सरकारी वकिलले जनकपुर उच्च अदालतमा मुद्दा पुनरावेदन गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । बच्चाको डिएनए परीक्षण, बच्चाको लालनपालनसहित पाँचबुँदे माग राख्दै निहारिका अनशन बसेकी हुन् ।