
सुवर्ण थापा निर्देशित फिल्म ‘म’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी साउन २० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ २० गतेलाई फिल्मको प्रदर्शन मिति तोकिए पनि पोस्ट प्रोडक्सनको काम पूरा नभएकाले रिलिज पोस्टपोन्ड भएको थियो । फिल्मको यही शनिवार टिजर सार्वजनिक गरिँदैछ ।
फिल्म सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ ।
यो फिल्मबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा फिल्मले भन्ने निर्देशक थापाले जानकारी दिएका छन् ।

