Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्रह्मास्त्र’ ट्रेलरमा रणवीरको शिवा अवतार

फिल्मीखबर, काठमाण्डौ, 2022/06/15
Brahmastra Trailer Date Finally Revealed Through An Otherworldly Teaser Fr.  Ranbir Kapoor, Alia Bhatt & Team!
 
बलिउडका मल्टीस्टारर फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलर जबर्जस्त बनेको छ । फिल्ममा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् । उनीहरु शिवा र इशाको चरित्रमा प्रस्तुत छन् । रणवीर (शिवा) सँग रहेको अदृश्य शक्तिले कसरी ब्रह्मान्डलाई खराब शक्तिसँग बचाउँछ भन्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ । 
 
भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणवीर र आलियाबीचको प्रेम र रोमान्सलाई पनि देखाइएको छ । फिल्ममा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि मुख्य भूमिका छ । अयान मुखर्जीले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् । ट्रेलरमा अमिताभ र नागार्जुन ब्रह्मान्डको रक्षा गर्दै देखिएका छन् भने भने मौनी नकारात्मक भूमिकामा प्रस्तुत छिन् । 
 
तीनवटा भागमा निर्माण हुने ‘ब्रह्मास्त्र’को पहिलो पार्टलाई ‘शिवा’ उपनाम दिइएको छ । आगामी ९ सेप्टेम्बरमा फिल्म रिलिज हुनेछ । यो फिल्म ९ वर्षदेखि पाइपलाइनमा थियो । ३ सय करोडमा बनेको फिल्मलाई करण जोहर, अपूर्व मेहता, नमित मल्होत्रा ​​र मुखर्जीले धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाइट पिक्चर्सको ब्यानरमा स्टार स्टुडियोसँगको सहकार्यमा निर्माण गरेका हुन् ।