Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

धिरज र अदितीको ‘बाबरी’ गीत : लोकेशन र छायांकन उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2022/06/14
Dhiraj Magar, Aditi Budhathoki
 
‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेल निर्देशित तेस्रो फिल्म ‘बाबरी’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार कमलपोखरीमा रहेको बिग मुभिजमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘बाबरी रंग’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका मुख्य अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी प्रस्तुत छन् । गीतमा उनीहरुबीचको प्रेम र नोकझोंकलाई देखाइएको छ । 
 
गीतमा ‘आप्पा’का निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर रहेको छ । गायनमा अनमोललाई अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतको अडियो कर्णप्रिय छ भने भिडियोमा मेकिङ क्वालिटी उच्च देखिन्छ । नर्थ सिक्किम क्षेत्रमा छायांकन भएको गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ । भिडियोमा लोकेशन र नरेन्द्र मैनालीको छायांकन पक्ष उम्दा छ । 
 
फिल्ममा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, शेखर चापागाईं, उर्मिला बस्नेत, ध्रुव कोइराला, निकेश गुरुङ, निकिता आचार्य, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ । आगामी भाद्र ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म बाबरी फिल्मस्को प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
 
फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंको हो । फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद रहेको छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो ।