Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘बाहुबली’ निर्देशकको फिल्ममा ऐश्वर्या ?

एजेन्सी, मुम्बई, 2022/06/13
Aishwarya Rai To Work With Rajamouli | ManaStars
 
साउथमा निर्देशक एसएस राजामौलीले ठूलो नाम बनाएका छन् । ‘बाहुबली’ सिरिजले उनलाई विश्वभर पहिचान दिलाएको थियो । उनको नाम मात्रै पनि फिल्म चल्नका लागि काफी मानिन्छ । उनको पछिल्लो फिल्म ‘आरआरआर’ले विश्वभर ११ सय करोडभन्दा बढी कमाई गरेको थियो । यतिबेला उनी तेलुगू सुपरस्टार महेश बाबूलाई लिएर एडभेन्चर-थ्रिलर फिल्म बनाउने तयारीमा छन् । 
 
यस्तैमा, राजामौलीले बलिउड सुन्दरी ऐश्वर्या रायलाई लिएर फिल्म बनाउन लागेको चर्चा चलेको छ । ‘आरआरआर’मा बलिउडबाट अजय देवगन र आलिया भट्टलाई अभिनय गराएका उनले नयाँ फिल्मका लागि ऐश्वर्यासँग छलफल गरेको भारतीय मिडियाको दाबी छ । तर, दुवैतर्फबाट यसबारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन । ऐश्वर्या, राजामौलीसँग काम गर्न इच्छुक रहेको बताइन्छ ।
 
ऐश्वर्याले यसअघि कयौं साउथ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सुपरस्टार रजनीकान्तसँग अभिनय गरेको साउथ फिल्म ‘रोबोर्ट’ ब्लकबस्टर भएको थियो । केही समयदेखि अभिनयबाट टाढा रहेकी उनी चाँडै मणि रत्नमको फिल्म ‘पोन्नियिन सेलवन’मा देखिँदैछिन् । यसपछि उनी १२ वर्षपछि सुपरस्टार रजनीकान्तसँग साउथ फिल्म ‘थलाइवर १६९’मा अभिनय गर्ने तयारीमा छिन् ।