Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको ‘प्रकाश’सँग पूजाको ‘सम्हालिन्छ कहिले मन’ भिड्ने

फिल्मीखबर, काठमाडौं, 2022/06/13
pradeep and pooja
 
अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा फिल्म ‘प्रेमगीत’बाट लाइमलाइटमा आएका थिए । अहिले दुवैले बलियो स्टारडम बनाएका छन् । तर, उनीहरुबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । यद्यपि, अचानक भेट हुँदा उनीहरुले मित्रवत् व्यवहार देखाउने गरेका छन् । ‘प्रेमगीत’पछि एकसाथ काम नगरेका उनीहरुबीच कसको स्टारडम बलियो भन्नेमा अघोषित लडाइँ रहेको बताइन्छ । 
 
करीब चार वर्ष अगाडि बक्सअफिसमा प्रदीप र पूजाको स्टारडमको लडाइँ भएको थियो । प्रदीपको ‘रोज’ र पूजाको ‘रामकहानी’ एकै मितिमा भिडेका थिए । त्यसबेला पूजाले बाजी मारेकी थिइन् । एकपटक फेरि उनीहरुको फिल्मबीच भिडन्त हुने भएको छ । भदौ १० गते प्रदीपको ‘प्रकाश’सँग भिड्ने गरी यसै साता पूजा अभिनीत ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति घोषणा गरिँदेछ । 
 
आगामी असार ४ गते एक गीत सार्वजनिक गर्दै भदौ १० गतेलाई ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको जानकारीमा छ । यो फिल्मलाई ‘प्रेमगीत’कै निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । यस हिसाबले भदौ १० मा स्टारडमसँगै प्रतिष्ठाको लडाइँ हुने देखिन्छ । यो भिडन्तले प्रदीप र पूजाको स्टारडम मापन गर्ने कतिपयको विश्लेषण छ । 
 
‘प्रकाश’मा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजासँगै सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतको अभिनय छ । भदौ १० मा अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘राधा’ पनि रिलिज हुँदैछ ।