Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिल्ली फो’ गर्दा आफ्नो संघर्षको दिन सम्झिएँ : केकी अधिकारी

फिल्मीखबर, काठमाडौं, 2022/06/12
अभिनेत्री केकी अधिकारीले कोरोना महामारीको समयमा अभिनय गरेको कमेडी जनराको फिल्म ‘सिल्ली फो’ असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनी एक मात्र लिड महिला कलाकारको रुपमा छिन् । फिल्ममा उनले संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकी स्मरण गर्छिन् ।
 
movie silly fo
 
आइतवार फिल्मको बारेमा जानकारी दिने उद्देश्यले आयोजित एक कार्यक्रममा केकीले भनिन्, ‘फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई मेरो संघर्षको दिनहरु याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ फिल्मले दर्शकलाई नयाँपन र नयाँ स्वाद दिने उनको विश्वास छ । 
 
निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो फिल्मबाट सिकेको कुरा भोलीका दिनमा राम्रो फिल्म बनाउन सहयोग पुग्ने उनको भनाई छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । यो फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । फिल्मले नेपाली समाजभित्रको वास्तविक कथा भन्छ ।’
 
कलाकार द्वय राजाराम पौडेल र रविन्द्र झाले फिल्ममा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै फिल्म राम्रो बनेको दाबी गरे । फिल्ममा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।
 
movie silly fo
 
मनोज डिके निर्माता रहेको फिल्मका सह-निर्माता विशाल श्रेष्ठ हुन् । यस फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । फिल्मलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।