Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघ दाङ शाखाले गर्‍यो सात जना पत्रकारलाई सम्मान

फिल्मीखबर, काठमाडौं, 2022/06/12
चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले १४औँ वार्षिकोत्सव मनाउँदै सात जना पत्रकारलाई सम्मान गरेको छ । शनिवार तुलसीपुरको रिपोटर्स क्लबमा एक कार्यक्रमका बीच संघका दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा संघले वार्षिकत्सव मनाएको हो ।
 
film journalist, dang
 
चलचित्र पत्रकार संघले दाङ शाखाका उपाध्यक्ष सन्तोष केसीले स्थापना गरेको ‘चमन बहादुर रंग पत्रकारिता पुरस्कार २०७९’बाट नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले स्थापना गरेको ‘भागवता बसन्त रंग पत्रकारिता पुरस्कार २०७९’बाट सेतोपाटी डटकमका संवाददाता नारायण खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गर्‍यो ।
 
यस्तै, संघले राष्ट्रिय रंग पत्रकारिता सम्मानबाट संघका केन्द्रीय महासचिव समिर बलामी र राष्ट्रिय कलाकारिता सम्मानबाट पत्रकार तथा निर्माता/निर्देशक केएल पिडितलाई सम्मानित गर्‍यो भने पत्रकारिता सम्मानबाट रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम र गोरक्ष दैनिकका प्रकाशक शुलोचना गौतम सम्मानित भए ।
 
संघको वार्षिकोत्सव कार्यक्रमका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले फिल्म क्षेत्रको उत्थान र प्रवद्र्धन गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कोभिडपछि दाङ जिल्लामा बन्द रहेका हल सञ्चालनका लागि पालिका सरकारले आवश्यक सम्पूर्ण पहल गर्ने बताउँदै पर्यटन प्रर्वद्धनका लागि दाङ जिल्लामा फिल्म छायांङ्कन गर्न आग्रह गरे । 
 
film journalist, dang
 
वार्षिकोत्सव कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समीर बलामी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पूर्व अध्यक्ष केएल पिडित, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस युनियन दाङ अध्यक्ष  सन्तोष सुवेदी, स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष जीतसागर जीएम, गायक तथा संगीतकार प्रकाश रेग्मीलगायतले मन्तव्य राखेका थिए ।