Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा खिचिने ‘डलर एयूडी’मा अर्पण र मेनुका

फिल्मीखबर, काठमाडौं, 2022/06/10
 ARPAN THAPA
 
देवकुमार श्रेष्ठको निर्देशनमा फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले अष्ट्रेलियामा बसेर पैसा कमाउनका लागि नेपालीले गर्ने संघर्षको कथालाई उठाइने जानकारी गराइयो । सन्तोष अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन अष्ट्रेलियामा नै हुनेछ । सन्तोषले यसअघि ‘आमा’ फिल्म निर्माण गरेका थिए ।
 
फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ । ‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘पूर्णिमा’, ‘आजै थालौँ’ लगायत कयौं सफल नाटकका निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन् । केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकन थालनी गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए । 
 
फिल्मको कथाले अष्ट्रेलियामा बस्दै आएका र नेपालबाट जान लागेका सबै नेपालीलाई छुने सन्तोषको भनाई छ । त्यस्तै, अभिनेता अर्पण थापा ‘डलर एयूडी’लाई एउटा नौलो कोशिश भन्न रुचाउँछन् । उनले यो फिल्मले फिल्म क्षेत्रमा केही नयाँ कुरा दिने विश्वास व्यक्त गरे । एएसएपी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मलाई अष्ट्रेलियापछि नेपालमा रिलिज गर्ने निर्माण टिमको योजना छ ।