यो हप्ता नेपालका फिल्म हलहरुमा दुई नयाँ विदेशी फिल्महरु रिलीज भएका छन् भने कुनैपनि नयाँ नेपाली फिल्म रिलीज भएका छैनन् ।
तेस्रो सातामा प्रवेश गरेको नेपाली फिल्म 'कबड्डी ४'को दबदबा कायमै रहँदा दक्षिण भारतिय फिल्म '७७७ चार्ली' र हलीउड फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ रिलीज भएका हुन् ।

'७७७ चार्ली' कुकुर र मान्छेबीचको सम्बन्ध र मित्रतामा आधारित थोरै बजेटको कन्नड फिल्म हो । यो फिल्मको बिहिवार काठमाडौंमा प्रिमियर समेत गरिएको थियो । 'जुरासिक वर्ल्ड डोमिनियन' साइन्स फिक्सन हलीउड फिल्म हो ।

