Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नीताको ‘ह्रस्व दीर्घ’मा साउथका अली पनि भित्रिए

फिल्मीखबर, काठमाडौं, 2022/06/09
neeta and ali
 
अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा किस्ताबन्दीमा साउथका कलाकारहरु भित्रिरहेका छन् । दुई चर्चित साउथ इन्डियन कलाकारहरु प्रदीप रावत र सुनिल वर्मापछि यो फिल्ममा साउथका अर्का प्रख्यात कलाकार अलीको पनि प्रवेश भएको छ । बुधवार भारतको मुम्बईमा अलीसँग फिल्मका निर्देशक चन्द्र पन्तले कागजी सम्झौता गरेका हुन् । 
 
कमेडी चरित्रमा अली सर्वाधिक रुचाइएका कलाकार हुन् । उनले ८ सयभन्दा बढी तेलुगू र तमिल फिल्ममा अभिनय गरेका छन् । उनको अभिनयसँगै अनुहारको एक्सप्रेसन र कमेडी टाइमिङ जबर्जस्त मानिन्छ । पहिलो पटक नेपाली फिल्ममा अभिनय गर्न अली उत्साहित रहेको निर्देशक पन्तले बताए । अब उनी साउथका अर्का चर्चित कलाकार ब्रह्मानन्दमलाई साइन गराउने प्रयत्नमा छन् ।
 
नीताको होम प्रोडक्सन कम्पनी ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्ममा नीतासँगै उनका हुनेवाला श्रीमान् तथा अभिनेता हरिहर अधिकारको पनि मुख्य भूमिका रहनेछ । असार अन्तिममा उनीहरु विवाह बन्धनमा बाँधिदैछन् । साउनबाट छायांकन सुरु हुने फिल्ममा साउथका कलाकारलाई कास्ट गर्न ठूलो खर्च गरिसकेको निर्माण टिमले छायांकनमा पनि करोडौं रुपैयाँ खर्चिँदैछ । 
 
हाल स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको छ । फिल्मलाई बलिउड छायांकार कविरलालले खिच्नेछन् । नीताले फिल्मको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार पनि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिसकेकी छन् । अब कसैले ‘ह्रस्व दीर्घ’को कथा, संवाद र प्लट प्रयोग गर्न पाउने छैनन् । हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो ‘रामोजी फिल्म सिटी’मा फिल्म खिचिनेछ ।