Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घनचक्कर’ गीतमा सौगात र सलोनको टक्कर

फिल्मीखबर, काठमाडौं, 2022/06/09
 Saugat Malla, Salon Basnet
 
आगामी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘घनचक्कर’को नेपाल (नेवारी) भाषाको प्रोमोसनल गीत यूट्युबमा सार्वजनिक गरिएको छ । विजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । गीतको भिडियोमा फिल्मका प्रमुख पात्रहरुबीचको प्रेम र पैसाको चक्कर देखाइएको छ । दिपेन बस्नेतले गीतको भिडियोको छायांकन गरेका हुन् ।
 
हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्मातामा छन् । जितेन्द्र राजोपाध्यायकोनिर्देशनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बुको पटकथा तथा संवाद छ । 
 
कमेडी जनरामा निर्मित फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्मातामा छन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको छ । सुनिल मानन्धरले फिल्मलाई वितरण गर्नेछन् ।