Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

सेन्सरमा ‘चिसो मान्छे’को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2022/06/07
chiso manchhe
 
फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरबाट ठूलो हाइप बनाएको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । समाजभित्रको गम्भीर विषयलाई सुक्ष्म रुपमा उठाउँदै आएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्मप्रति दर्शक र फिल्मकर्मीमा उच्च अपेक्षा छ । ट्रेलर हेर्दा ‘पशुपति प्रसाद’ र ‘आमा’पछि उनको अर्को उत्कृष्ट फिल्म बनेको संकेत गर्छ ।
 
प्रायः निर्माता-निर्देशकहरु रिलिजको एक-दुई दिन अगाडि फिल्मको सेन्सर गर्न दौडधुप गर्छन् । तर, निर्देशक खनालले रिलिजको दुई साता अगाडि नै ‘चिसो मान्छे’को सेन्सर गरेका छन् । सोमवार फिल्मको सेन्सर भएको हो । २ घन्टा लम्बाईको फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल प्रमाणपत्र पाएको छ । यो सर्टिफिकेट पाएको फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउँछन् ।
 
फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । उनीहरुले अर्को बर्ष राष्ट्रिय पुरस्कार पाउने फिल्म बनेको प्रतिक्रिया दिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको उनले बताइन् । फिल्मले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनेको छ ।
 
chiso manchhe
 
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन खनाल स्वयंको हो । फिल्मको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।