Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द सिक्रेट अफ राधा’को रिलिज फेरबदल, पोस्टरमा सृष्टिको काखमा बच्चा

फिल्मीखबर, काठमाडौं, 2022/06/07
movie radha
 
सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति फेरबदल भएको छ । मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि भदौ २४ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । फिल्मको पोस्ट प्रोडक्सनको काम सकिएकाले फिल्मलाई दुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको निर्देशक थापाले बताए । 
 
सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठको चरित्र चित्रण गरिएको छ । घाँस काट्ने क्रममा खेतको गरामा बच्चालाई काखमा बोकेर खुशी मुद्रामा देखिएकी उनी फिल्ममा गाउँको एक विपन्न र एकल आमाको भूमिकामा रहेको पोस्टरबाट सहजै अनुमान गर्न सकिन्छ । उनको लुक्सले फिल्मप्रति कौतुहलता बढाउन सफल छ । उनी पहिलो पटक गाउँले चरित्रमा प्रस्तुत हुन लागेकी हुन् ।
 
फिल्ममा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई निर्देशक थापासँग मिलेर सौगात मल्लले निर्माण गरेका हुन् । यसअघि सौगातले फिल्म ‘फन्को’मा सुवर्ण थापाको निर्देशनमा काम गरेका थिए ।
 
आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । समीक्षात्मक रुपमा अब्बल ठहरिएको फिल्म ‘सुनगाभा’ले सुर्वणलाई निर्देशनमा स्थापित गरेको थियो । आमाको सम्झनामा ‘राधा’ बनाएको उनको भनाई छ ।