Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीति भन्छिन्, ‘फिल्ममा काम गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ’

फिल्मीखबर, काठमाडौं, 2022/06/06
Niti Shah
 
मोडलिङको क्षेत्रमा ठूलो नाम बनाएकी नीति शाह अब फिल्ममा डेब्यू गर्ने योजनामा छिन् । मिस नेपालमा भाग लिएपछि कयैन् फिल्मबाट आएको प्रस्ताव ठाडै नकारेकी उनी यसै वर्ष अभिनेत्रीको रुपमा लञ्च हुने गरी तयारी गरिरहेकी छन् । म्यानेजर समेत नियुक्त गरिसकेकी उनले अभिनयप्रति आफ्नो रुचि बढ्न थालेपछि पछिल्लो समय निरन्तर फिल्महरु हेरिरहेकी बताएकी छन् । 
 
फिल्ममा आउन ढिलो हुनुको कारण पढाई रहेको उनको भनाई छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मिस नेपालमा भाग लिइसकेपछि फिल्मबाट अफर आए पनि त्यसबेला मैले पढाईलाई मात्र ध्यान दिएको थिएँ । त्यसबेला मलाई फिल्ममा काम गर्न सक्छु भन्ने कन्फिडेन्ट पनि थिएन । तर, मलाई अभिनयप्रति रुचि भने थियो । अहिले चाहिँ म फिल्म गर्न सक्छु भन्ने लागेको छ ।’ 
 
भोलीका दिनमा आफूले अभिनय गरेको फिल्म हिट वा फ्लप जे भएपनि आफ्नोतर्फबाट सकेको मेहेनत र प्रयास गर्न नछाड्ने उनको अठोट छ । केही समय अगाडि एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि फिल्ममा काम गर्नका लागि आत्मविश्वास पलाएको नीति बताउँछिन् । उनी फिल्ममा डेब्यू गर्नुअघि केही समय अभिनयको कक्षा लिने योजनामा पनि छिन् । 
 
नीतिले अभिनेता प्रदीप खड्कासँग केही विज्ञापनमा एकसाथ काम गरेकी छन् । उनीहरुको जोडीलाई दर्शकहरुले पनि रुचाउने गरेका छन् । प्रदीपले नीतिलाई फिल्म ‘प्रेमगीत ३’ अफर पनि गरेका थिए । तर, उनले अध्ययनका कारण काम गरिनन् । फिल्म इन्डस्ट्रीमा आफूले ग्राउन्ड जीरोबाट करिअर सुरु गर्नेपर्ने भएकाले कुनै खालको एक्सपेक्टेसन नराखेको नीति शाहको कथन छ ।