Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोज खनालको ‘बगान’मा करिश्मादेखि आकाशसम्म

फिल्मीखबर, काठमाडौं, 2022/06/05
अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतवार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र ‘तिम्रो सुन्दर आँखा’ गीत सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव-अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । 
 
saroj khanal
 
सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ । गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए ।
 
निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने- ‘मेरो फिल्मले व्यापारमा ठूलो रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व महशुस चाहिँ अवश्य पनि गराउनेछ ।’
 
आफूहरु जस्तो व्यक्तिले समाजलाई केही सन्देश पनि दिनुपर्छ भन्ने हिसाबले फिल्म बनाएको खनाल बताउँछन् । आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालको भनाई छ । तथापि, कहिलेकाहिँ कलाकार सरोज खनाल पनि हाबी भइहाल्ने उनको अनुभव छ ।
 
अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । त्यस्तै, अभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले सरोज खनालमाथिको विश्वास र कथावस्तु मन परेपछि लगानी गरेको बताए ।
 
saroj khanal
 
फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन र रेनिश फागोको कलर करेक्शन छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता करिश्मा मानन्धर हुन् ।