Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप बरालको ‘दोख’ टिजरमा द्वन्द्वकालको कथा

फिल्मीखबर, काठमाडौं, 2022/06/05
dokh
 
अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४८ सेकेन्डको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई फिल्ममा देखाइएको निर्देशक बरालले बताएका छन् । यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो ।
 
राजन कठेत लिखित फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।
 
असोर २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई छन् । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको फिल्मको ‘रातैले बुन्छ’ गीतले ठूलो प्रशंसा बटुलेको थियो । फिल्मलाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।