Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार ३१ मा पूजा र आकाशको ‘सम्झना बिर्सना’

फिल्मीखबर, काठमाण्डौ, 2022/06/05
pooja and aakash movie
 
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । शनिवार निर्माण टिमले दुई रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ ६ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो । तर, स्थानीय तहको निर्वाचनका कारण फिल्मको प्रदर्शन पोस्टपोन्ड गरियो ।
 
निमेष प्रधानले निर्देशन गरेको फिल्ममा पूजा र आकाशका अलावा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको अभिनय छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा फिल्मको छायांकन भएको हो । 
 
शिब ढकालले खिचेको फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्वर्गीय बिशारद बस्नेत हुन् । पूजाभन्दा आकाशका लागि ‘सम्झना बिर्सना’ सफल हुन अत्यन्त आवश्यक छ । पछिल्ला कुनै फिल्म सफल नहुँदा उनको करिअर धरमराउन थालेको छ ।