आगामी कात्तिक ५ गते विराटनगरमा ‘फ्लाएर्स फिल्म अवार्ड’ आयोजना हुने भएको छ । यसअघि २४ बैशाखमा अवार्डको मिति घोषणा गरिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा ०७६, ०७७ र ०७८ चैत्रभित्र प्रदर्शन भएका नेपाली फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ ।
(1).jpg)
प्रतिस्पर्धी फिल्मबाट उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट संगीतकार, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट कथा र पटकथासँगै लाइफटाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस अभिनेता, अभिनेत्री र जुरी गरी २३ वटा महत्त्वपूर्ण विधामा अवार्ड प्रदान गरिने ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टका प्रमुख साइमन राजबंशीले जानकारी दिए ।
मोफसलमा नेपाली फिल्मको विकास र विस्तारको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागेको बताउँदै राजबंशीले भने, ‘विराटनगर जस्तो ठूलो शहर समेत नेपाली फिल्म तथा कलाकारहरु पहिलो प्राथमिकतामा पर्दैनन् । त्यहाँ नेपाली फिल्मको बजार राम्रो छैन । त्यसैले यो अवार्डले नेपाली फिल्म र कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौं ।’
.jpg)
अवार्ड कार्यक्रममा २ सयभन्दा बढी कलाकारद्वारा प्रदेश नं. १ का सबै जातजातीको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ । साइमन राजबंशी र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रबिन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी छन् ।

