Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान २’ गीत : गोवामा तीन अभिनेत्रीको बोल्ड अवतार

फिल्मीखबर, काठमाडौं, 2022/06/02
SONY B.C, YANSHU SHRESTHA, AARATI ACHARYA
 
फिल्म ‘आँधी तुफान २’को गीत सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको शिर्ष गीत (ओएसटी) मा सुरेश अधिकारीको संगीत, हरी उप्रेतीको शब्द रचना र सुवानी मोक्तानको स्वर रहेको छ । गोवाको समुन्द्रि तटमा खिचिएको गीतको भिडियोमा तीन अभिनेत्रीहरु आरती आचार्य, याङ्शु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत छन् । भिडियोका कोरियोग्राफर अभि वाग्ले हुन् । 
 
आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स-थ्रिलर फिल्ममा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य, बालकलाकार अरुण कालिराजलगायतको पनि अभिनय छ ।
 
नारी शक्तिको कथा बोल्ने फिल्मलाई मदन घिमिरेले निर्देशन र मौनता श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद मौनता स्वयंको हो । ओम साई भक्त मुभिको ब्यानरमा निर्माण भएको फिल्ममा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पार्श्व संगीत र मुख्य सहायक निर्देशकमा जीवन गौतम छन् ।
 
फिल्ममा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । ‘आरआर फिल्मस्’ले फिल्मलाई वितरण गर्दैछ । यो फिल्म २०६३ सालको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेल हो ।