मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराटनगर महानगरपालिकाबाट सम्मानित भए गजित

फिल्मीखबर, काठमाडौं, 2022/04/08
gajit bista
 
विराटनगर महानगरपालिकाले अभिनेता गजित विष्टलाई सम्मानित गरेको छ । नेपाली फिल्म तथा गीत-संगीतको श्रीबृद्धिमा खेलेको भूमिकाको मुल्याङकन गर्दै महानगरपालिकाले उनलाई सम्मान गरेको हो । शुक्रवार विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा एक कार्यक्रमका बीच विष्टलाई खादा र फूलमालासहित सम्मान पत्र प्रदान गरेका हुन् । 
 
अभिनेता विष्ट विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकार समेत हुन् । भोजपुरमा जन्मिएका उनी अभिनयसँगै नृत्यमा पनि अब्बल मानिन्छन् । उनले आफ्नो करिअरको सुरुवात नै नृत्यबाट गरेका थिए । डान्स रियालिटी शो ‘आँगन’ उनको करिअरको पहिलो खुड्किलो थियो । यसपछि उनले सन् २०१० मा टिभी रियालिटी शो ‘खोजी प्रतिभाको’मा भाग लिएका थिए । 
 
गतिजले फिल्ममा भने ‘मायाज् बार’बाट डेब्यू गरेका हुन् । त्यसयता उनले ‘धौली’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘सुपारी’, ‘तोरी लाउरे’, ‘अर्धकट्टी’, ‘पूर्नजन्म’, ‘कान्छी मट्याङ् ट्याङ’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले आफ्नो छोरालाई समेत फिल्ममा ल्याएका छन् । उनका छोरा सौगात विष्टले ८ वर्षको उमेरमा फिल्म ‘लभ यू बाबा’को निर्देशन गरेका थिए ।