मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विज्ञापनमै सीमित प्रदीप र नीतिको जोडी

फिल्मीखबर, काठमाडौं, 2021/07/20
 
अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । उनीहरुले दुई वर्षअघि डिमहोमको एक विज्ञापनमा एकसाथ काम गरेका थिए । त्यो विज्ञापन टिभीमा प्रशारण भएपछि यो जोडीको केमेस्ट्री दर्शकले निकै मन पराए । केही निर्माता तथा निर्देशकले फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास पनि गरेका थिए । तर, त्यो सम्भव हुन सकेन ।
 
निर्माता सन्तोष सेनले सबभन्दा पहिला फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप र नीतिको जोडी बाँध्ने तयारी गरेका थिए । नीति स्वयंले प्रदीप खड्का अभिनीत फिल्म ‘लभ स्टेशन’ हेरेर बाहिरिँदै गर्दा आफूलाई ‘प्रेमगीत ३’ बाट अफर भएको र काम गर्ने सम्भावना बलियो रहेको बताएकी थिइन् । तर, पछि उनले फिल्म रिजेक्ट गरिन् । उनले योसहित अरु धेरै फिल्मको प्रस्ताव नकारिसकेकी छन् । 
 
डिसहोमको विज्ञापनमा काम गरेपछि प्रदीप र नीतिको विज्ञापनको दुनियाँमा माग बढेको छ । यसैक्रममा, उनीहरुले दोस्रो पटक विज्ञापनमा काम गरेका छन् । सोमवार उनीहरुले राजधानीको एक स्टूडियोमा एकसाथ विज्ञापनका लागि फोटोसुट गराए । लामो समयपछि सँगै काम गर्न पाउँदा दुबै खुसी देखिन्थे । तर, दर्शकले यो जोडीलाई विज्ञापनमा भन्दा पनि फिल्ममा हेर्न चाहेका छन् । 
 
२०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीतिको सुन्दरताको निकै धेरै चर्चा हुने गरेको छ । नेपाली फिल्ममा प्रवेश गरे उनले राम्रो स्थान बनाउन सक्ने कतिपयको विश्लेषण छ । तर, फिल्ममा काम गर्ने इच्छा हुँदा हुँदै पनि उनी धैर्य गरेर बसेकी छन् । उनले फिल्म गर्न हतार नगर्नुको कारण मिस नेपाल हुँदै फिल्ममा आएका अभिनेत्रीहरुको अवस्था देखेर हुनसक्ने कतिपयको तर्क छ ।