Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण

फिल्मीखबर, काठमाडौं, 2021/05/14
 
नेपालमा भयावह रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको चपेटामा सर्वसाधारणसँगै फिल्मकर्मीहरु पनि परेका छन् । अहिले केही फिल्मकर्मीहरु कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री वर्षा राउत, वितरक नरेन्द्र महर्जन, निर्देशक ऋषि लामिछाने दाम्पति लगायतमा कोरोना संक्रमण देखिएको छ । 
 
यसैक्रममा, हास्य कलाकार शिवहरी पौडेल पनि कोरोनाको चपेटामा परेका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । यतिबेला उनको घर नजिकै रहेको बलम्बु अस्पतालमा उपचार भइरहेको छ । पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनमा स्वास्थ्य भएर घर आउने कलाकार जीतु नेपालले जानकारी दिएका छन् ।
 
दर्शकमाझ ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिनिएका कलाकार पौडेलले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए । पछिल्लो समय उनी फिल्म अभिनयमा व्यस्त छन् । ‘छक्का पञ्जा, शत्रु गते’ लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेका उनले फिल्म ‘लक्का जवान’ बाट निर्देशनमा डेब्यू गरेका छन् । तर, कोरोनाका कारण फिल्म रिलिज अन्योलमा छ । 
Most Visited News (monthly)