मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको पुनर्गठन

फिल्मीखबर, काठमाण्डौ, 2019/05/14
अमेरिकामा दर्ता भएर संसारका विभिन्न देशहरुमा शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । गीत-संगीत, कला-साहित्य र लोक-संस्कृतिका लागि विगत एक दशकदेखि कार्यरत कलाकारहरुको अन्तर्राष्ट्रिय स्वतन्त्र संगठनमा सिनियरदेखि जुनियरसम्म र अमेरिकादेखि नेपाली कलाकारसम्म समेटिएका छन् । 
 
अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरि यसको संस्थागत विकासमा सुरुवातदेखि नै योगदान पुर्‍याउँदै आएका लोक तथा दोहोरी गायक, साहित्यकार एवं पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन भएका छन् । भने, उपाध्यक्षमा शिवहरी पौडेल, गणेश उप्रेती, जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द छानिएका छन् ।
 
 
फिल्म निर्देशक तथा पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवं साहित्यकार प्रकाश नेपाल सचिवमा चयन भएको मञ्चले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोषाध्यक्षमा भने साहित्यकार भूपनारायण घर्ति मगर चयन भएका छन् । केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा विभिन्न विशिष्ट व्यक्तिलाई समेटिएको छ । 
 
केन्द्रीय समितिको पुनर्गठनसँगै केन्द्रीय अध्यक्ष एवं संस्थापक खनालको उपस्थितिमा दुई महिनाभित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको महासचिव पोखरेलले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहने गरि विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय समेत बनाइएको छ । 
 
महासचिव पोखरेलले मञ्चले 'एक वर्षभित्र अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजनामा अमेरिका स्तरिय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आवश्यक संशोधनसहित पूर्णता दिने, दुई वर्षभित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने' योजना पनि अगाडि सारेको बताए ।