चैत १ गतेबाट नेपाल प्रदर्शनका लागि तयार रहेको फिल्म ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा भएको ग्राण्ड प्रिमियरमा फिल्मलाई दर्शकले रुचाएका छन् । फिल्मको प्रस्तुती र कलाकारहरुको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।
.jpg)
आयोजक मध्येका एक मज्जाको राईले भने- 'नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ । फिल्मको सबै पाटोलाई दर्शकले रुचाएका छन् ।' फरक गेटअपमा प्रस्तुत अभिनेता अनुपविक्रम शाहीको कामलाई दर्शकले तारिफ गरेका छन् ।
.jpg)
'न्यानो काख अभियान' सहयोगार्थ आयोजित उक्त सोको प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । फिल्मलाई भीषण राईले निर्देशन गरेका हुन् भने अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बुको पनि प्रमुख भूमिका छ ।
.jpg)
फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय छ । फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।