मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फागुन १७ मै ‘जात्रै जात्रा’, तीन साता विपिन विनै सुटिङ

फिल्मीखबर, काठमाण्डौ, 2018/11/25
दुई वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को भिडन्त पक्का भएपछि फागुन १७ को डेटलाई धेरैले चासोपूर्वक हेरेका छन् । दुवै दर्शकले प्रतिक्षा गरेका फिल्म भएका कारण भिडन्त हुनु नहुने तर्क चलचित्रकर्मीको छ । 
 
तर, महाशिवरात्रीको विदामा फिल्म रिलिजका लागि उपयूक्त समय भएको र फेस्टिवलमा नेपाली बजारले दुई फिल्म धान्न सक्ने निर्माताको भनाई छ । यसबीच अभिनेता विपिन कार्कीको दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि फिल्म ‘जात्रै जात्रा’ पूर्वनिर्धारित मितिमा नआउने चर्चा थियो । 
 
 
प्रमुख अभिनेताको दुर्घटनापछि निर्माता मध्येका रविन्द्र सिंह बानियाँ फिल्मको रिलिज पोस्टपोन्ड गर्ने अन्तिम तयारीमा थिए । तर, चिकित्सकले तीन सातापछि सुटिङ ज्वाइन गर्न सक्ने सल्लाह दिएपछि अब फिल्म पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने भएको छ । अहिले अभिनेता कार्की 'बेड रेस्ट' मा छन् । 
 
निर्माता बानियाँले विपिनको दुर्घटनापछि रिलिज पोस्टपोन्ड गर्ने सोच बनाएपनि अब फागुन १७ मै आउने जानकारी दिए । 'एक/दुई दिनमा नै सुटिङ सुरु गर्दैछौं । तीन हप्ता अगाडिसम्म दयाहाङ राईलगायतका कलाकारको सिन सक्छौं । त्यसपछि विपिनको गर्ने तयारी छ', उनले भने । 
 
अभिनेता विपिनको दुर्घटनापछि फिल्मको छायांकन प्रभावित भएको थियो । निर्माता बानियाँले क्लाइमेक्स फाइट भने तत्काल सुट नगर्ने बताए । भन्छन्, 'गाह्रो सिनहरु त लगभग सकिएको छ । क्लाइमेक्स फाइट पनि त्यस्तो हेवी त होइन तर त्यो तत्काल गर्दैनौं ।' यसका निर्देशक प्रदीप भट्टराई हुन् । 
 
टिजर रिलिज गरेसँगै छायांकन आरम्भ भएको फिल्ममा निर्माता बनियाँको पनि प्रमुख भूमिका छ । फिल्ममा रविन्द्र, विपिन र दयाका अलावा रविन्द्र झा, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । निर्देशकले पहिलो भागको अन्त्यबाट फिल्म सुरु भए पनि ‘जात्रै जात्रा’ फरक कथामा बन्न लागेको बताएका छन् ।