मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.69/5.00)
Text size:-
+
-

अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ फर्स्टलुक रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/10/12
सुपरस्टार अनमोल केसीले पहिलो पटक 'फिल्मी ब्लड' सँग काम गर्दैछन् । ‘ए मेरो हजुर ३’ मा उनको जोडी अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग बाँधिएको छ । शुक्रवारबाट फिल्मको औपचारिक रुपमा छायांकन आरम्भ भएको छ । 
 
 
चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फ्लोरमा निस्किँदै गर्दा फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल र सुहाना फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ । 
 
झरना थापाले दोस्रो पटक निर्देशन गर्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो फिल्ममा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । फिल्म सांगीतिक लभस्टोरी रहेको बताइएको छ  फिल्ममा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठले द्वन्द्व निर्देशकको जिम्मेवारी पाएका छन् । ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले खिच्नेछन् ।