Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ मा अर्पण र रबिन्द्र पनि

फिल्मीखबर, काठमाण्डौ, 2018/09/16
सुपरस्टार अनमोल केसी जोडिएसँगै फिल्म ‘ए मेरो हजुर ३’ का हरेक एक गतिविधिमाथि दर्शकको चासो छ । केही दिन अगाडि पोखरामा मुहूर्त भएको यस फिल्मबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । 
 
असोज ५ गतेबाट फ्लोरमा जाने उक्त फिल्ममा अहिले धमाधम कलाकार छनौटको काम भइरहेको छ । शुक्रवार अभिनेता सलोन बस्नेत अनुबन्ध भएका थिए । अब अभिनेता द्वय अर्पण थापा र रबिन्द्र झासँग निर्देशक थापाले सम्झौता गरेकी छन् । 
 
 
कथाको माग अनुसार नै पात्र चयन गरिएको निर्देशक थापाले बताइन् । यसअघि उनको निर्देशनमा बनेको फिल्म 'ए मेरो हजुर २' सुपरहिट भएको थियो । यस वर्ष उनी उक्त फिल्मबाट नव-निर्देशकको अवार्ड थाप्न भ्याइनभ्याइ छिन् । 
 
‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोलले एक गायकको भूमिका गर्दैछन् । उनको नाम 'प्रेम' राखिएको छ । अभिनेत्री बन्न लागेकी सुहाना उनको फ्यानको भूमिकामा देखिनेछिन् । फिल्मले एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गर्नेछ । 
 
चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो ।  गएको वर्ष रिलिज भएको ‘ए मेरो हजुर २’ मा अभिनेता सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह लिड रोलमा थिए । 
Most Visited News (monthly)