मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ मा सलोन अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2018/09/14
सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । अनमोलले सलोनसँग तेस्रो पटक सँगै काम गर्न लागेका हुन् । 
 
यसअघि यी दुई 'होस्टेल' र 'गाजलु' मा काम गरेका थिए । निर्माता सुनिल कुमार थापाले कथाको माग अनुसार नै 'ए मेरो हजुर' को तेस्रो सिरिजमा सलोनलाई लिएको जानकारी दिए । फिल्ममा उनी भएपछि लिड हिरो नै छायाँमा पर्ने गर्छन् । 
 
यो फिल्मको दोस्रो सिरिजमा पनि उनी लिड रोलमा थिए । उक्त फिल्ममा सलोनको कामको सर्वाधिक प्रशंसा भएको थियो । उनी बिनाको फिल्म कल्पना गर्न पनि नसकिने निर्माता थापा बताउँछन् । 
 
 
असोज पहिलो साताबाट औपचारिक रुपमा छायांकन सुरु हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा देखिँदैछिन् । उनको यो डेब्यु फिल्म हो । 
 
‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ । अनमोल यसमा 'प्रेम' को रोलमा छन् । 
 
फ्लोरमा निस्कनु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । झरना थापाले निर्देशन गर्ने फिल्म चैत २९ गते रिलिज हुँदैछ । सुहाना इन्टरटेन्मेन्टको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ ।