राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री’ रिलिज भएको एक हप्ता भइसकेको छ । फिल्म अहिले पनि बक्सअफिसमा सानदार रफ्तारमा दौडिरहेको छ । यो फिल्मको पहिलो हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ ।
ट्रेड एक्सपर्ट तरण आदर्शको ट्विट अनुसार, फिल्मले प्रदर्शनको सात दिनमा घरेलू बजारबाट कुल ६० करोड ३९ लाखको कलेक्सन गरेको छ । यो हरर कमेडी फिल्मले आफ्नो ओपनिङ डे शुक्रवार ६ करोड ८३ लाखको कमाई गरेको थियो ।

शनिवार १० करोड ८७ लाख, आइतवार १४ करोड ५७ लाख, सोमवार ९ करोड ७० लाख, मंगलवार ६ करोड ३७ लाख, बुधवार ६ करोड ५५ लाख र बिहीवार ५.५० लाखको कमाई गर्दै ‘स्त्री’ ले एक हप्तामा कुल ६० करोड ३९ लाख भारतीय रुपैयाँको कारोबार गरेको छ ।
फिल्मको निर्माण लागत मात्र २० करोड हो, जुन यो फिल्मले आफ्नो सुरुवाती ३ दिनमा कमाएको थियो । एक हफ्तमा ‘स्त्री’ ले ४० करोड बढी मुनाफा कमाइसकेको छ । यो फिल्मलाई 'सुपरहिट' को ट्याग दिइएको छ ।
‘स्त्री’ को कमाईको दौड अझै सुस्त भएको छैन । फिल्मले दोस्रो सप्ताहसम्म सय करोडको आँकडा पार गर्ने फिल्म एक्सपर्टको अनुमान छ । यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको पनि फिल्ममा अभिनय छ ।